Logo
Logo

नेप्सेमा पहिरो, कारोवार रकम भने ओइरो


- दृष्टि संवाददाता

378
Shares

काठमाडौं, १८ माघ । साताको पहिलो दिन आज (आइतबार) नेप्से परिसूचक ५४ दशमलव ७५ अंकले घटेको छ । शेयर बजार २ दशमलव २६ प्रतिशतले घटेर २ हजार ३ सय ७० दशमलव ५४ विन्दुमा पुगेर बन्द भएको हो ।
प्रि– ओपन सेसनमा एक अंकभन्दा कमको वृद्धिसहित हरियो भएको सेयर बजार सामान्य कारोबार सेसनमा भने लगातार तलमाथि भइरहेपनि कुनैपनि समय हरियो हुन सकेन ।

शेयर बजार घटेपनि कारोबर रकम भने बढेको छ । आइतबार भएको २ करोड २१ लाख ५३ हजार ९ सय ८१ कित्ताको किनबेचमा ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १ सय २८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार सर्वाधिक रकमको शेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्सकै भएको छ । यसदिन उक्त कम्पनीको रू. ३९ करोड ८९ लाख ५९ हजार बराबरको शेयर कारोबार भएको छ । गत सातादेखि कम्पनीले लगातार सर्वाधिक रकमको शेयर कारोबार गर्दै आएको छ ।

आइतबार सबै उपसूचक रातो भएकामा सबैभन्दा धेरै जीवन बीमा समूह ४ सय ६०, निर्जीवन बीमा समूह २ सय ६४, उत्पादन समूह १ सय ३२ र लघुवित्त समूह १ सय २१ अंकले घटेका छन् । त्यसैगरि विकास बैंक ५१, फाइनान्स ५० र बैंकिङ समूह ४२ अंकले घटेका छन् । सबैभन्दा कम घट्नेमा होटल समूह १९ अंक र ट्रेडिङ समूह २३ अंकले ऋणात्मक छन् ।

 

प्रतिक्रिया दिनुहोस्