Logo
Logo

प्रतिनिधिसभा विघटनको विरोधमा आइतबार पनि नागरिक समाजको प्रदर्शन


- दृष्टि संवाददाता

567
Shares

काठमाडौं, १८ माघ । संसद विघटनविरुद्ध ‘बृहत नागरिक आन्दोलन’ले आइतबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । काठमाडौंको सिफलस्थित सहिद धर्मभक्त माथेमाको शालिक अगाडि भेला भएर उनीहरुले संसद विघटनको विरोध गरेका थिए ।

सो क्रममा विभिन्न नारा लेखिएको प्ले कार्ड तथा व्यङ्ग्य चित्रहरु प्रदर्शन गरिएको थियो । प्रदर्शनमा सहभागिहरुले ‘नागरिक अगाडि बढ्दै छ, सर्वसत्ता ढल्दैछ’, ‘संविधानको रक्षा गर, न्यायिक सुशासन कायम गर’, ‘संसद् विघटनको दुष्साहस, लोकतन्त्रको उपहास’, ‘जो रक्षक उही भक्षक’ लगायतका नारा सहितका प्लेकार्ड बोकेका थिए ।

विरोध कार्यक्रममा प्राध्यापक केदारभक्त माथेमा, लेखक खगेन्द्र संग्रौला लगाएतले संसद बिघटनको विरोध गर्दै प्रधानमन्त्रीले अधिनायकवाद चरित्र देखाएको टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरेपछि त्यसको विरोधमा बृहत नागरिक आन्दोलन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्