Logo
Logo

भारतीय सीमा नजिक चीनले बनायो सडक


- दृष्टि संवाददाता

1.1k
Shares

काठमाडौं, १८ माघ । चीनले भारतको सिक्किम राज्य नजिकै सडक र बोर्डर आउटपोष्ट (बिओपी) बनाएको तस्वीर सार्वजनिक भएको छ । अमेरिकी अर्थ इमेजिङ कम्पनीले प्लानेट ल्याब्सले सार्वजनिक गरेको तस्वीरमा भारतको सिक्किम राज्य नजिक भारतीय सीमापारी चीनले सडक र बोर्डर आउटपोस्ट (बीओपी) बनाएको हो ।

यसै भूउपग्रहीय तस्वीरलाई उद्धृत गर्दै विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग जवाफ मागेका छन् । उनले ‘प्रधानमन्त्रीसँग चीनको नाम लिने साहस हुनुपर्छ,’ भन्दै ट्वीट गरेका छन् ।

केही दिनअघि भारत र चीनका सैनिकबीच त्यहाँ भिडन्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्