Logo
Logo

‘खेलकुदसँग प्रधानमन्त्री’ आयोजना हुने


- दृष्टि संवाददाता

441
Shares

काठमाडौं, १८ माघ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । आज एक विज्ञप्ति जारी गर्दै राखेपले खेलकुदका बारेमा जानकारी लिने र निर्देशन दिने योजना सहित २० गते मंगलवार खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको जनाएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा खेलकुदको विकास–विस्तार र समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । प्रधानमन्त्री राखेपका संरक्षक समेत रहने प्रावधान छ ।

कार्यक्रममा ओलम्पियन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, प्रशिक्षक, संघ–संस्था, कर्मचारीलगायत खेलकर्मीको उपस्थिति रहनेछ । त्यस्तै, युवा तथा खेलकुदमन्त्री दावा तामाङ र राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले नेपाली खेलकुद र भइरहेको कार्यबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउनेछन् ।

विज्ञप्तिमा नेपाली खेलकुदलाई सामान्य अवस्थामा फर्काउन खेलकुद अभिमुखीकरण अन्तरक्रिया कार्यक्रमद्वारा मेची–महाकाली जोड्ने प्रयास गरिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्