Logo
Logo

५ दिनदेखि मनाङको ताचैको जंगलमा लागेकाे डढेलो अझै निभेन


- दृष्टि संवाददाता

63
Shares

                                                 मनाङको नासो गाउँपालिका वडा नम्बर ५, ६ र ७ को जंगलमा लागेको आगो ।

मनाङ, १८ माघ । पाँच दिनदेखि मनाङको नासो गाउँपालिकामा लागेको आगो अझै निभाउन सकिएको छैन । आगोबाट गाउँ जोगिएपनि जंगलको आगो निभाउन भने नसकिएको हो ।

आगो निरन्तर दन्किँदा गाउँपालिकाको जनजीवन अस्तव्यस्त बनेको छ । माघ १३ देखि गाउँपालिकाको तिल्चे जंगलमा निरन्तर लागेको आगोले अचम्मको बाटो लिदै खोला नै नाँघेर गाउँ प्रवेश गरेपछि नासोवासी संकटमा परेका छन् ।

आगलागीबाट हालसम्म २ हजार हेक्टर बढी जंगल सखाप बनेको छ । लोपोन्मुख जंगली जीवजन्तुको क्षतिको विवरण पनि लिन सकिएको छैन । अहिले आगो मनास्लु पदमार्गतर्फ गोवा भन्ने ठाउँमा बलिरहेको वडा ७ तिल्चेका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्