Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : विघटन विरुद्धको मुद्दामा निवेदकको बहस सकिएकोदेखि नेप्से परिसूचक घटेकोसम्म


- दृष्टि संवाददाता

1.1k
Shares

हेडलाइन्स् :

१. प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा निवदेकको बहस सकियो, ७२ अधिवक्ताले गरे बहस,सरकारवादी वकिलले भोलिबाट सुरू हुने, विघटनको पक्षमा प्रधानमन्त्रीको तर्फबाट १ सय ८६ अधिवक्ता ।

२. अख्तियार प्रमुखसहित सबै संवैधानिक परिषदले गरेको ३८ वटै सिफारिस सभामुख अग्नि सापकोटाद्वारा फिर्ता, अहिलेको अवस्थामा संसदीय सुनुवाइ हुन सक्ने अवस्था नरहेकाले सिफारिस फिर्ता पठाउने निर्णय लिएको उल्लेख ।

३. माइतीघरमा नेकपा प्रचण्ड–माधव समूहको प्रतिनिधिसभा विघटन विरुद्धको धर्ना, ओलीले प्रतिक्रान्तिकारीसँग मिलेर जनता र सहयात्रीमाथि छुरा प्रहार गरेको प्रचण्डको आरोप, हिन्दु राज्य स्थापना गर्न ओली लागिपरेको दावी, केन्द्रीय कमिटी बोलाइयो ।

४. नेपाली कांग्रेसको १३ वटा भ्रातृ संगठनले भोलि प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध प्रदर्शन गर्ने, सहभागी हुन कार्यकर्तादेखि नागरिकलाई अपिल ।

५. उत्तरी छिमेकी चीनले पनि नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने, अनुदानमा तीन लाख डोज खोप पठाउने नेपालस्थित चिनियाँ दूतावासको भनाइ, भारतले पठाएको खोप लगाउनेको संख्या ८८ हजार नाघ्यो ।

६.देशकै सबैभन्दा ठुलो क्षमताको ढल्केबर सवस्टेशनको तयारी पूरा, प्रधानमन्त्री केपी शर्मा ओलीले भोली उद्घाटन गर्ने, वर्षायाममा बढी भएको बिजुली ढल््केबर–मुजफ्फपुर ४सय केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिने ।

७. प्रदेश १ को प्रदेशसभा बैठक २५ गतेलाई बोलाइयो, बैठक धकेल्ने योजना सफल नभएपछि चल्नै नदिने ओली समूहको दाउ, जसरी भएपनि बैठक चलाउने प्रचण्ड–माधव समूहको तयारी, काग्रेस अझै अनिर्णित ।

८. सेयर बजारमा ५५ अंकको पहिरो, आइतबार परिसूचक ५४ दशमलव ७५ अंकले घट्दा छायो निराशता, ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १ सय २८ रुपैयाँ बराबरको कारोबार ।

९. राष्ट्रिय खेलकुद परिषदले मंगलवार ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै, राष्ट्रिय महिला फुटबल लिगमा चन्द्रपुरलाई हराउँदै पुलिस दोश्रो स्थानमा, राष्ट्रिय भलिबल टिमका कप्तान ईम राना मगर र प्रतिभा मालीले मनोरन्जन रमण शर्मा अवार्ड दिइयो ।

१०. र, भारतमा भोलि बजेट प्रस्तुत हुँदै, जनस्वास्थ्यदेखि रोजगारीसम्मका योजना, सिक्किमस्थि तभारत चीन सीमा नजिक चीनले बनायो सडक, बेलायतले हङकङ बस्ने बेलायती नागरिकलाई भिसा दिने ।

 

प्रतिक्रिया दिनुहोस्