काठमाडौं, १९ माघ । नेपाली कांग्रेसका नेता हरिहर आचार्यको निधन भएको छ । कोरोना भाइरस संक्रमण भएका आचार्य शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत् थिए । ७० वर्षको उमेरमा उनको गएराति निधन भएको हो ।
कोरोना भाइरसबाट सङ्क्रमित आचार्य १९ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत थिए । आचार्यको पछिल्लो पाँच दिन भेन्टिलेटरमा उपचार हुँदाहुँदै कोरोना परीक्षण नेगेटिभ आए पनि निमोनियाको थप उपचारका क्रममा आइतबार निधन भएको उनका कान्छा भाइ युवराज आचार्यले जानकारी दिए ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा सशाङ्क कोइरालाले आचार्यको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।