Logo
Logo

राजदेवी नगरपालिकामा प्रमुख र उपप्रमुखबीच विवाद, नगरसभामा उपप्रमुखलाई प्रवेश निषेध !


- दृष्टि संवाददाता

378
Shares

रौतहट, १९ माघ । राजदेवी नगरपालिकाका उपप्रमुख अंशुु सिंहले नगर प्रमुख धीरेन्द्र सिंहले एकलौटीरुपमा नगरसभा गरेको आरोप लर्गाएकी छन् ।

आफूसँग कुुनै छलफल नै नगरी भ्रष्टाचार गर्ने मनस्थितिले प्रमुख सिंहले एकलौटीरुपमा बन्द कोठाभित्र नगरसभा गरेको पत्रकार सम्मेलन गरेरै उनले आरोप लगाएकी हुन् ।

राजदेवी नगरपालिकाको पाँचौँ नगरसभा शनिबार नगरपालिकाको कार्यालयभित्र बन्द कोठामा सम्पन्न भएको थियो । खुुला ठाउँमा पारदर्शी ढङ्गले नगरसभा गर्न आफूले पटकपटक आग्रह गर्दा पनि आफ्नो कुरालाई अटेरी गरेको उपप्रमुख सिंहको दाबी छ ।

एकलौटीरुपमा कार्यपालिका सदस्यलाई बोलाएर प्रमुख सिंहले बैठक गरेको र आफूखुुशी नीति तथा कार्यक्रममाथि छलफल गरी घरघरमा पुुगेर हस्ताक्षर गराएकोे बताउँदै उनले गत आर्थिक वर्षको बजेट तथा कार्यक्रममाथि कुुनै छलफल नभएको र आफूसँग कुुनै छलफल नगरी नगरप्रमुखले एकलौटीरुपमा आफ्नो खुुशी योजना ल्याएर नगरसभाबाट जबर्जस्ती पास गराएको आरोप लगाइन ।

नगरसभामा गएर आफुूले आफ्ना कुुरा राख्न चाहेको भए पनि प्रमुखले आफूलाई प्रवेशसमेत गर्न नदिएको दुखेसो व्यक्त गर्दै उनले स्थानीय सरकार सञ्चालन गर्न बनेको ऐन, नीति तथा कानूनविपरीत आफूलाई बाइपास गरी नगरसभा गरेकोमा आपत्ति जनाइन ।

प्रतिक्रिया दिनुहोस्