काठमाडौं, १९ माघ ।
वर्तमान सरकारका मन्त्री नै चन्दा असुलीमा संलग्न रहेको पाइएको छ । कानून मन्त्री लिलानाथ श्रेष्ठले श्रेष्ठले विभिन्न व्यवसायीलाई चिठी लेखेरै पैसा मागेको भेटिएको छ ।
सोमबार सिराहामा हुन लागेको कार्यक्रमका लागि भनेर श्रेष्ठले पैसा माग्दै पत्र लेखेका छन् । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदै छन् । ओलीकै नाम समेत उल्लेख गरेर चन्दा मागिएको एक व्यवसायीले बताए ।
सिराहा जिल्लाका इन्चार्ज समेत रहेका मन्त्री श्रेष्ठले यसरी चन्दा आतंक मच्चाएपछि व्यवसायीहरु आजित भएका छन् ।