Logo
Logo

प्रचण्ड–माधव समूहले अयोगलाई बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाउँदै


- दृष्टि संवाददाता

12.3k
Shares

काठमाडौं, १९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई आफू आधिकारिक रहेको दावी गर्दै बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाउने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा केन्द्रीय कमिटीको बैठक सुरु हुनु अगाडि सबै केन्द्रीय सदस्यलाई निर्वाचन आयोगलाई बुझाउन तयार पाएको पत्रमा हस्ताक्षर गराइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमपछि दुई समूहमा विभाजित नेकपा प्रचण्ड–माधव र ओली समूह दुबैले आफ्नो समूह आधिकारिक रहेको निर्वाचन आयोगसँग दावी गरेका थिए । तर, निर्वाचन आयोगले दुबै समूहको निवेदन विधानसंवत् नरहेको भन्दै दुबैको दावी अस्वीकार गरेको थियो ।

दावी अस्वीकार गरेको आयोगले दुबै समूहलाई छलफलमा बोलाएको थियो । तर, प्रचण्ड–माधव समूहले छलफलका लागि समय दिन नसकेपछि छलफल हुन सकेको छैन । १८ गतेपछि छलफल गराउन आग्रह गरेको प्रचण्ड–माधव समूहले दुई समूहबीच छलफल हुनु अगाडी नै हस्ताक्षर बुझाउने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्