काठमाडौं, १९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव तोकिएकै समयमा हुने बताएका छन् । ढल्केबर सवस्टेसनको समुद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मतदानको लागि तयार भएर बस्न आग्रह पनि गरे ।
‘२०७७ साल बैशाख १७ र २७ गते चुनाव हुन्छ। तपाईंहरू त्यो दिनको तयारी गर्नुहोस् । तयार भएर बस्नुहोस्। एक दिन पनि पर सर्दैन्,’ प्रधानमन्त्री ओलीले भने ।
उनले चुनावमा गएर नयाँ सिराबाट देश बनाउने बताए । ‘चुनाव नहोस् भनेर निर्वाचन आयोगलाई धम्की दिइरहेका छन् । निर्वाचन आयोगको काम निर्वाचन गराउने हो र गराउनुपर्छ,’ उनले भने, ‘हामी सानातिना कुरामा अल्झिएर बस्दैनौं । अब नयाँ सिराबाट देश बनाउँनतिर लाग्छौं, पार्टी बनाउँछौं। चुनावमा गएर नयाँ सरकार बनाउँछौँ ।’