Logo
Logo

भारतले नेपाललाई १५ अर्ब ८७ करोड अनुदान दिने


- दृष्टि संवाददाता

1.8k
Shares

काठमाडौं, १९ माघ । भारतले नेपाललाई ९ अर्ब ९२ करोड भारु अर्थात् १५ अर्ब ८७ करोड नेपाली रुपैयाँ अनुदान दिने भएको छ । भारतले सोमबार आर्थिक वर्ष २०२१/२२ को बजेट सार्वजनिक गर्दै रकम अनुदानमा दिने भएको हो ।

वित्तमन्त्री निर्मला सीतारमणले बजेट सार्वजनिक गर्दै नेपाललाई दिने रकम वृद्धि गरेको बताएकी छन् । अप्रिल १ देखि शुरु हुने नयाँ आर्थिक वर्षका लागि प्रस्तुत बजेटले नेपालसहित अन्उ १० देशमा ६२ अर्ब ५१ करोड भारतीय रूपैयाँ अनुदान दिने भएको छ ।

नेपाललाई ९ अर्ब ९२ करोड (भारु) दिने निर्णय गरेको भारतले भुटानलाई ३० अर्ब ४ करोड (भारु), अफगानिस्तानलाई ३ अर्ब ५० करोड (भारु) दिने जनाएको छ । यस्तै, बंगलादेशलाई २ अर्ब (भारु), श्रीलंकालाई २ अर्ब (भारु), माल्दिभ्सलाई २ अर्ब ५० करोड (भारु), र म्यानमारलाई ४ अर्ब (भारु) अनुदान दिने घोषणा गरेको छ ।

२०१९/२० मा भारतले १२ अर्ब भारु अनुदान दिएकोमा अघिल्लो वर्ष उल्लेख्य घटाएको थियो । आगामी आर्थिक वर्षका लागि नेपाललाई दिने अनुदान बढाए पनि २०१९/२० को भन्दा कम हो ।

 

प्रतिक्रिया दिनुहोस्