Logo
Logo

जनकपुरधाम उपमहानगरपालिकामा अख्तियारकाे छापा


- दृष्टि संवाददाता

1.1k
Shares

काठमाडौं, १९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा छापा मारेको छ । उपमहानगरपालिकाको कार्यपालिकाको कार्यालयले विकास निर्माणको नाममा व्यापक अनियमितता गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको आज टोलीले (सोमबार) छापा मारेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासमा परेका विभिन्न उजुरीको आधारमा छानविन थालेको जनाइएको छ । अख्तियार कार्यालय बर्दिबासका उपसचिव मनिराम ज्ञवालीको नेतृत्वमा आएको टोलीले मुद्दाको काम कारवाही, लेखा, जिन्सी, कार्यालयमा भए गरेका कामकाजको अभिलेख प्रणालीको सन्दर्भमा टोलीले अनुगमन तथा निरिक्षण गरेको छ ।

उपसचिव ज्ञवालीको नेतृत्वमा अख्तियार कार्यालयका इन्जिनियर सदन श्रेष्ठ, लेखा अधिकृत मनोज सुनुवार, कम्प्यूटर अपरेटर राहुल जयसवाल लगायतका रहेका छन् ।

उपमहानगरपालिकाद्वारा सञ्चालन भएका योजनाहरुको आजदेखि स्थलगत अनुगमन सुरु गरेको र यो कार्य निरन्तर जारी रहने ज्ञवालीले बताए । टोलीले अहिलेसम्म ४ वटा उजुरीमाथि छानविन गरिसकेको र बाँकी उजुरीमाथि छानविन निरन्तर जारी रहने अख्तियार टोलीले बतायो ।

करोडौं बजेट र हजारौं योजना सञ्चालन गरेको उपमहानगरका जनताका एकाध गुनासो आउनु स्वभाविक रहेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाकाकी उपप्रमुख रिता कुमारी मिश्रले भनिन्, ‘अख्तियार टोलीलाई सहयोग गर्छौँ ।’

 

 

प्रतिक्रिया दिनुहोस्