Logo
Logo

प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध मार्तडीमा प्रर्दशन


- दृष्टि संवाददाता

567
Shares

बाजुरा, १९ माघ । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै नेपाली कांग्रेस बाजुराका भातृ संगठनहरुले मार्तडीमा विरोध प्रर्दशन गरेका छन् ।
कांग्रेसका सबै भातृ संस्थाहरूको संयुक्त आयोजनामा मार्तडी बजारमा र्यालीसहित प्रर्दशन गरिएको हो । प्रतिनिधिसभा विघटन सर्वसत्तावाद उन्मुख कदम भएको, भ्रष्टाचार बढेको, कोभिड विरुद्धको संघर्षमा सरकारको अकर्मण्यता देखिएको र जनसरोकारका विषयमा सरकारी उदासिनता भएको भन्दै नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल लगायतका संगठनले विरोध प्रर्दशन गरेका हुन ।

मार्तडी बजारको परिक्रमा पछि लोकतान्त्रिक चोकमा कोणसभा आयोजना गरिएको थियो । कोणसभालाई नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डित लगायतका नेताले संवोधन गरेका छन् । यसैबीच, भातृ संठनहरुले जिल्ला सदरमुकाम मार्तडीमा मसाल जुलुस समेत निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्