Logo
Logo

म्यान्मारको सैन्य ‘कू’बारे नेपालले पनि बोल्यो, कुन देशले के भने ?


- दृष्टि संवाददाता

2.1k
Shares

काठमाडौं, २० माघ । म्यानमारमा भएको सैनिक ‘कू’को विश्वभरबाट विरोध भइरहेको छ । विश्वभरिबाट निन्दा भएसँगै अमेरिकी राष्ट्रपति जो बाइडनले त म्यानमारका सेनाविरुद्ध ‘उचित कदम’ चाल्न सक्ने चेतावनी समेत दिएका छन् । युरोपेली सङ्घ, जापान र भारतले म्यान्मारमा प्रजातन्त्र फिर्ता गर्ने ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन्।

संयुक्त राज्य अमेरिका, जापान, भारत, युरोपेली सङ्घ र म्यान्मारकै अधिकारीहरूले लोकतन्त्रको सम्मान गर्नू अपील गरेका छन्। ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूलाई रिहा गर्न आग्रह गरेका छन्। म्यान्मारको प्रमुख व्यापार साझेदार चीनले सबै पक्षलाई संविधानको पालना गर्न र स्थिरता कायम गर्नू आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ ।

तर म्यान्मारका दुई छिमेकी देशहरू थाईल्यान्ड र कम्बोडियाले भने सैनिक कूलाई त्यहाँको (आन्तरिक मामिला) भएको बताएका छन् ।

म्यान्मारबारे बोल्यो नेपाल
नेपालको परराष्ट्र मन्त्रालय म्यान्मारमा भएको सैन्य (कु)बारे आफ्नो भनाई राखेको छ । सोमवार साँझ एउटा विज्ञप्ति प्रकाशित गर्दै मन्त्रालयले नेपालले सबै पक्षले म्यान्मारका जनताको इच्छालाई सम्मान गर्नेू र प्रजातान्त्रिक तथा संवैधानिक प्रक्रिया शीघ्र पुनः स्थापित हुने विश्वास व्यक्त गरेको हो ।

सेनाले नियन्त्रणमा लिएका राष्ट्रपति र नेत्री आङ सान सू चीसहित अन्य नेताहरूको सुरक्षाबारे चासो व्यक्त गर्दै नेपालले उनीहरूलाई तत्काल मुक्त गर्न आग्रह गरेको हो ।

यो पनि पढ्नुहोस्

म्यान्मारको सेनालाई बाइडनको चेतावनी- अमेरिकाले ‘उचित कदम’ चाल्न सक्छ !

प्रतिक्रिया दिनुहोस्