Logo
Logo

विकासले निम्त्याएको विनाशः जथाभाबी सडक खन्दा पानीको मुहान सुक्यो


- दृष्टि संवाददाता

630
Shares

डँडेलधुरा, २० माघ । कतै विकास हुनै मुस्किल त कतै विकास गर्ने होडवाजी । यस्तै, भएको छ डडेल्धुराको नवदुर्गा गाउँपालिकामा । स्थानीय सरकारले सडक खन्ने लहड चलाउँदा पानीको मुहान नै सुकेको छ । वातावरणीय मुल्यांकन नै नगरी जथाभावी सडक खन्दा, पानीका मुलमाथि डोजर चल्दा मुहान सुकेका छन् भने खानेपानी तथा सिँचाई र पानी घट्ट बन्द भए ।

देश संघीयतामा गएको ३ वर्ष भयो । यो अवधिमा स्थानीय सरकारबीच हरेक ग्रामीण क्षेत्रमा सडक पुर्याउने होडबाजी चल्यो । तर, वातावरणीय मूल्याङ्कन बिना खनिएका सडकले स्थानीयलाई सहज हुनुको साटो उल्टै गाउँमा संकट निम्त्याइदियो । अहिले गाउँमा पानीको मुहान सुक्दै जाँदा खानेपानी, सिँचाइ तथा पानीघट्ट बन्द भए ।

डँडेलधुराको नवदुर्गा गाउँपालिका–५ चौडबान्नीमा पर्ने दाडीमा स्लेक सेरी सडकखण्डमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सांसद विकास कोषबाट १० लाख र वडा कार्यालयको ४ लाख लगानीमा निर्माण गरेको सडकले गाउँमा मुहान सुकाएको छ । यहाँ सञ्चालित पानीघट्ट तथा सिँचाइ सुविधा बन्द भएका छन् ।

२०६७ सालमा निर्माण भएको बान्नी सिँचाइ योजनाबाट बढी भएको पानीले आधुनिक घट्ट समेत सञ्चालित थियो । तर, अहिले प्राविधिक मुल्याङन बिना सडक खनिएका कारण पानी कम भएपछि घट्ट बन्द छ भने गाउँमा कुटानी पिसानीका लागी समस्या भएको छ ।

सडक खन्ने निकाय वडा कार्यालयले पनि पानी तल छिरेकोले अब मुहान उत्खनन् गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष धनबहादुर साउदले बताए

वातावरणीय प्रभाव मुल्याङकन नगरी खनेका सडकले पानीको मुहान मात्र नभई धेरै गाउँवस्ती नै पहिरोको जोखिममा पार्नसक्ने भएकाले सडक आवश्यकता र भूगोल हेरेर मात्र निर्माण गर्नुपर्ने प्राविधिकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्