काठमाडौं, २० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूह आज निर्वाचन आयोग जाँदै छ । नेकपा पार्टी विभाजन भएको र त्यसको आधिकारिक पक्ष आफू भएको दाबी गर्दै प्रचण्ड–माधव समूह आज (मंगलबार) निर्वाचन आयोग जाने भएको हो ।
सोमबार बसेको नेकपाको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । आज मध्याह्न निर्वाचन आयोगको कार्यालय जान लागेको नेकपाका एक नेताले जानकारी दिए । यो समूहले निर्वाचन आयोगमा आज बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसमेत बुझाउँदै छ ।
बहुमत केन्द्रीय सदस्य आफूहरूसँग रहेको हुँदा पार्टीको नाम, झन्डा र सूर्य चुनाव चिह्न आफूले पाउनुपर्ने दाबी गर्दै प्रचण्ड-माधव समुह आज आयोग जाने भएका हुन् ।
यो पनि पढ्नुहोस्