Logo
Logo

संवैधानिक परिषद् बैठक बस्दै, लोक सेवा आयोगमा राजन खनाल ?


- दृष्टि संवाददाता

8.9k
Shares

काठमाडौं, २० माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् । डेढ महिनाअघि ल्याएको अध्यादेशअनुसार नै बुधबार बैठक बस्न लागेको हो ।


बैठकले लोक सेवा आयोग लगायत निकायमा नियुक्त गर्ने तयारी छ । आगामी चैतबाट लोक सेवा रिक्त हुँदै छ । आयोग रिक्त हुँदा भर्ना प्रक्रिया नै प्रभावीत हुने भएकाले नियुक्ति गर्न लागिएको स्रोत बताउँछ ।

आयोगको अध्यक्षमा पूर्व सचिवद्वय राजन खनाल र केदार अधिकारीबीच प्रतिस्पर्धा छ ।
त्यस्तै, अख्तियारमा पनि दुई आयुक्त पद रिक्त हुने भएकाले सिफारिसगर्न लागिएको छ ।
तर, यसअघिकै सिफारिस के हुने भन्ने तय छैन । सभामुख अग्नि सापकोटाले सिफारिस फिर्ता गरिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्