काठमाडौं, २० माघ । सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला सरकारका एक मन्त्रीले आज विहान नख्खु जेलमा पुगेर विप्लवका नेतालाई भेट गरेका छन् । खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश ओली (सुदर्शन)लाई भेटेका हुन् ।
स्रोतका अनुसार सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला मन्त्री थापा मंगलबार विहान नख्खु पुगेका हुन् । हेमन्तप्रकाश ओली २०७५ चैत ९ मा काभ्रेबाट पक्राउ परेका थिए । उनी अहिले नख्खु जेलमा छन् ।