Logo
Logo

यती काण्डले बालुवाटारमा खैलाबैला


- दृष्टि संवाददाता

19.5k
Shares

काठमाडौं, २० माघ । सिंगो राज्य संयन्त्रलाई नै कब्जामा लिएर बालुवाटारको आडमा आफ्नो व्यापार विस्तार गर्दै आएको यती समूह एक सहसचिवका कारण यतिबेला संकटमा परेको छ । नेपाल ट्रष्टको कार्यालयमा हालै सरुवा भएर अएका सहसचिव डा भीष्मकुमार भुषालले सो समूहमाथि कारबाही थालेका छन् ।

ठेक्कामा चलखेल गरी यती समूहले नेपाल ट्रष्टको नाममा विभिन्न ठाउँमा रहेको जग्गा सेटिङमा हात पारेर व्यापार ऐन, कानूनको आफू अनुकूल ब्याख्या गरेर उसले राजा वीरेन्द्रको सम्पत्ति पूरै कब्जा गरेको छ । यसरी सरकारलाई हात लिन सक्ने सो व्यवसायिक घरानामाथि नेपाल ट्रष्टको कार्यालयका सहसचिव भुषालले बदमासी समातेर कारबाही थालेका छन् ।

ठेक्कामा चलखेल गरी यती समूहले नेपाल ट्रष्टको नाममा विभिन्न ठाउँमा रहेको जग्गा सेटिङमा हात पारेर व्यापार ऐन, कानूनको आफू अनुकूल ब्याख्या गरेर उसले राजा वीरेन्द्रको सम्पत्ति पूरै कब्जा गरेको छ । यसरी सरकारलाई हात लिन सक्ने सो व्यवसायिक घरानामाथि नेपाल ट्रष्टको कार्यालयका सहसचिव भुषालले बदमासी समातेर कारबाही थालेका छन् । जसकारण सहसचिव भुषाललाई ट्रष्टबाट हटाउन बालुवाटारभित्रबाटै चलखेल सुरु भइसकेको छ ।

यती समूहको थामसेर्कु ट्रेकिङ प्रालिले दरबारमार्ग र ताहाचलमा लिजमा लिएको ट्रष्टको जग्गामा सम्झौताविपरीत काम भएको खुलेपछि कारबाही अघि बढाएको छ । दरबारमार्गस्थित नारायणहिटी संग्रालय अगाडी सो समूहले बनाएको दरबार मलमा सम्झौता भन्दा एक तला धेरै बनाइएको दाबीसहित ट्रष्टको कार्यालयले थप भाडा उठाउन लागेको छ । तीन तलाको सम्झौता भएकोमा उक्त मल चार तलाको भवन बनाइएको छ ।

त्यस्तै, ताहाचलको सोल्टी होटलसँगैको जग्गामा पनि विवाद चर्किएको छ । सो कम्पनीले ११ तलाको नक्सापास गर्न लागेको छ । जबकि, सम्झौतामा ६ तला मात्र बनाउने उल्लेख छ । ६ तलामात्र नक्सापास गर्न ट्रष्टको कार्यालययले काठमाडौं महानगरपालिकालाई पत्र लेखेपछि सो कम्पनी अदालत गएको छ । समयमा काम नहुँदा ट्रष्टले तीन वर्षसम्म भाडा पाउन सकेको छैन ।

उता चितवनको भरतपुर, आँपटारीको ६ बिगाहा जग्गाको भाडा दाबी गर्दै ट्रष्टले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सो जग्गा यती समुहकै कसरा रिसोर्टले लिजमा लिएको थियो । जग्गा हस्तान्तरण नभएको भन्दै उसले भाडा तिरेको छैन ।

विगतमा ट्रष्टका कर्मचारीलाई यती समूहले हातमा लिएको थियो । अहिले सरुवा भएका सहसचिवले एकपछि अर्काे कारबाही थालेपछि यती समूह समस्यामा परेको छ । यसअघि अख्तियारमा रहेका सहसचिव भुषाल बैदेशिक रोजगार विभागमा हुँदा ठूला मेनपावर कम्पनीमाथि कारबाही गरेर चर्चामा आएका थिए ।

नेपाल ट्रष्टको कार्यालयको बोर्ड अध्यक्ष उपप्रधानमन्त्री ईश्वर पोखरेल छन् । उनकै पहलमा यसअघि बिना प्रतिस्पर्धा गोकर्ण रिसोर्टको लिज यती समूहलाई थप्ने विवादास्पद निर्णय भएको थियो । अहिले पनि पोखरेल नै सो समूहलाई फाइदा हुने गरी निर्णय गराउन लागिपरेको स्रोत बताउँछ । यती समूहमाथि कारवाही सुरु भएपछि बालुवाटारमा खैलाबैला मच्चिएको छ ।

प्रतिक्रिया दिनुहोस्