Logo
Logo

जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका चिकित्सकहरू धर्नामा


- दृष्टि संवाददाता

252
Shares

काठमाडौं, २० माघ । कोरोना महामारीको समयमा काम गरेको भत्ता नपाएको भन्दै वीर अस्पतालका आवसीय चिकित्सकहरू धर्नामा बसेका छन् ।

कोभिड–१९ को समयमा काम गरेबापत् सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता नपाएको भन्दै उनीहरूले इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्दै धर्नामा बुसेका हुन् ।

उनीहरूले प्रशासनले समस्या सम्बोधन नगरेसम्म सेवा सुचारु नगर्ने बताएका छन् । ‘कोभिड जोखिममा अगाडि, जोखिम भत्तामा पछाडि ?,’ ‘आवासीय चिकित्सकको योगदानको सम्मान गरौं, कोभिड जोखिम भत्ता यथाशीघ्र उपलब्ध गराऔं’ लेखिएका प्लेकार्ड बोकेका उनीहरुले आफुहरुमाथि भेटभाव भएको गुनासो समेत गरेका छन् ।

१० महिनादेखि कोभिड संक्रमितको उपचारमा खटिएका आवासीय चिकित्सकलाई अस्पताल प्रशासनले विभेद गरेको उनीहरूले बताएका छन् ।

रेजिडेन्ट एसोसिएसन अफ न्याम्सको आह्वानमा वीर अस्पतालका २०० जना आवासीय चिकित्सकहरू आकस्मिक बाहेकका अस्पतालका अन्य सेवा बहिष्कार गर्दै आन्दोलित भएका हुन् ।

जोखिम भत्ता उपलब्ध गराउन प्रक्रिया सुरु नगरे अस्पतालका निर्देशकको कार्यकक्षमा समेत तालाबन्दी गर्ने उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्