Logo
Logo

चीनमा नक्कली खोप बनाएको आरोपमा ८० जना पक्राउ


- दृष्टि संवाददाता

630
Shares

एजेन्सी, २० माघ । चीनमा कोरोना भाइरसको नक्कली खोप बनाएको आरोपमा ८० जनालाई पक्राउ गरिएको छ । चिनियाँ न्यूज एजेन्सी सिन्ह्वाका अनुसार तीन वटा शहरबाट ८० जनालाई पक्राउ गरिएको हो ।

समाचारमा बताएअनुसार जियाङ्सु, बेइजिङ र शानडोङमा तीन हजार भन्दा धेरै नक्कली खोप बरामद गरिएपछि ८० जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ परेकाले खोप नक्कली बनाउने काम सेप्टेम्बरदेखि गरेको बयान दिएका छन् ।

नक्कली खोपमा पहिले नै भरिएको सिरिन्ज समावेश गरिएको र उच्च मूल्यमा बेचिँदै आएको छ । चीनमा अहिले सिनोभ्याक र सिनोभ्याक कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको खोप लगाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्