Logo
Logo

निर्वाचनका लागि रकम अभाव हुँदैन : अर्थमन्त्री विष्णु पौडेल


- दृष्टि संवाददाता

252
Shares

दृष्टि फाइल

काठमाडौं, २० माघ । अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनका लागि बजेटको कुनै अभाव नहुने दावी गरेका छन् । मंगलबार निर्वाचन आयोगले वैशाखमा तोकिएको निर्वाचनका लागि आवश्यक आर्थिक व्यवस्थापनका विषयमा अर्थमन्त्रीसँग गरेको छलफलमा मन्त्री पौडेलले रकम अभाव नहुने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले भने, ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनका लागि आवश्यक बजेट सरकारले उपलब्ध गराउने, बजेटको कुनै अभाव नहुने तथा सरकारको नीतिअनुसार वैदेशिक सहायताका सन्दर्भमा समेत अर्थ मन्त्रालयबाट पूर्ण सहयोग हुनेछ ।’

साथै कोभिड–१९ को महामारीको समयमा निर्वाचन सञ्चालन तथा व्यवस्थापन गर्नुपरेकाले सबै प्रकारका खर्चमा मितव्ययिता, पारदर्शिता र जवाफदेहितामा समेत आयोगले ध्यान दिनुपर्ने सुुझाव पौडेलको थियो ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचनका लागि आयोगबाट भइरहेका व्यवस्थापकीय कार्यबारे जानकारी दिँदै निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गर्न गराउन र खर्चमा मितव्ययी रहने प्रतिबद्ध जनाए ।

सरकारले वैशाख १७ र २७ गते दुई चरणमा हुने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति करिब डेढ महिनाअघि नै घोषणा गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्