काठमाडौं, २० माघ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले मापदण्ड बनाइर मात्र कृषिमा वैदेशिक लगानी भित्राइने बताएकी छन् ।
मंगलबार नेपाल चेम्वर आफ कमर्सले काठमाडौंमा आयोजना गरेको नेपाालमा व्यवसायिक कृषि विकासका सम्भावना र चूनौति विषयक अर्न्तक्रिया कार्यक्रममा मन्त्री अर्यालले कृषिको व्यवसायीकरण गर्न र उत्पादन बढाउनका साथै यस क्षेत्रलाई आत्मनिर्भर र समृद्धि बनाउन कृषिमा वैदेशिक लगानी भित्राउन लागिएको बताइन् ।
उनले कृषि क्षेत्रमा ५० करोडभन्दा बढि लगानी गर्ने उद्योगहरूलाई मात्र भित्राउने तथा नेपालमा उत्पादित बस्तुमध्ये ७५ प्रतिशत निर्यात र २५ प्रतिशत स्थानीय बजारमा उपभोग गर्न पाउने प्रावधान बनाइने जानकारी दिइन् ।
उनले कृषिमा वैदेशिक लगानी भित्राउँदा डराउनुपर्ने कुनै कारण नरहेको पनि बताइन् । उनले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सरकारको एक्लो परियोजना भएको भन्दै यसले कृषिको व्यवसायीकरण र यान्त्रीकरणको परिकल्पना गरेको उल्लेख गरिन् ।
ठूलो स्केलमाा उत्पादन र यान्त्रीकरणमा सरकारको जोड रहेको भन्दै मन्त्री अर्यालले यसमा नीजि क्षेत्रसंगको सहकार्य अपरिहार्य रहेको बताइन् ।
त्यस्तै चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले कृषिमा अर्गानिक क्षेत्र घोषणा गर्नुपर्ने सुझाव दिए । उनले कृषि क्षेत्रको विकासका लागि नीजि क्षेत्र सरकारसंग सहकार्य गर्न तयार रहेको बताए ।