Logo
Logo

पहिरोले महाकाली नदी थुनियो, प्रशासनले भन्यो, ‘सतर्कता अपनाउ’


- दृष्टि संवाददाता

1.4k
Shares

दृष्टि फाइल

कञ्चनपुर, २० माघ । दार्चुलाको महाकाली नदी थुनिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार दार्चुलाको माल्पा भन्ने ठाउँमा भारतले सीमावर्ती सडक बनाउँदा ठूलो पहिरो खसेर नदी थुनिएको हो ।

भारतले सडक बनाउने क्रममा विस्फोट गर्दा पहिरो खसेर व्यास क्षेत्रमा नदी आशिंक रुपमा थुनिएको बताइएको छ । कञ्चनपुरले नदीमा जम्मा भएको पानी फुट्न सक्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गर्दै विशेष सूचना समेत जारी गरेको छ ।

प्रशासकीय अधिकृत कृष्णानन्द जोशीद्वारा जारी सूचनामा ‘कुनै पनि बेला नदीमा जम्मा भएको पानी फुट्न सक्ने सम्भावना रहेको भन्ने जानकारी आएकोले महाकाली नदी नजिक भएका र सो क्षेत्रमा काम गर्ने सबैलाई सचेत रही आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ,’ भनि उल्लेख गरिएको छ ।

कञ्चनपुर जिल्ला प्रशासनले जारी गरेको सूचना

प्रतिक्रिया दिनुहोस्