Logo
Logo

कम्युनिष्टको शक्ति जनतामा छ : मुख्यमन्त्री गुरुङ


- दृष्टि संवाददाता

630
Shares

नवलपरासी, २० माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिष्टको शक्ति जनतामा हुने बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा मंगलवार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले कम्युनिष्टको शक्ति जनतामा हुने भएकाले प्रधानमन्त्रीले पनि जनतामाझ जान प्रतिनिधिसभा विघटन गरेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेकपा प्रचण्ड–नेपाल समूहले गिराउन खोजेपछि जनतामाझ जान प्रधानमन्त्रीले संसद् विघटन गर्नुपरेको उनको तर्क छ । ‘जनताले हामीलाई पाँच वर्षसम्म स्थिर सरकार बनाउनका लागि म्यान्डेट दिएका थिए’, उनले भने । ‘विभिन्न षड्यन्त्र गरेर सरकार ढाल्न खोजिएपछि जनताको बीचमा जानुको विकल्प थिएन । त्यसैले प्रधानमन्त्रीले संसद् विघटन गर्नुभएको हो ।’ उनले बताए ।

मुख्यमन्त्री गुरुङको कम्युनिष्टको शक्ति जनतामा हुने भन्दै अब जनतामाझ गएर पुनः सरकारको नेतृत्व गरिने दोहो¥याए । नेकपाको गण्डकी प्रदेश इञ्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले आफूहरुले पार्टीलाई धेरै पटक दुर्घटना हुनबाट जोगाएको दावी गरे ।

भेलाले गैँडाकोट–५ का वडाध्यक्ष नवराज कँडेलको संयोजकत्वमा नेकपा नगर कमिटीलाई पुनर्गठनसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्