Logo
Logo

धनुषाका १५ जनालाई द्वन्द्व पीडित कार्ड


- दृष्टि संवाददाता

504
Shares

जनकपुरधाम, माघ २० । सत्य निरुपण तथा मेलमिलाप आयोग, नेपालले प्रदेश २ का १५ द्वन्द्व पीडितलाई पीडित कार्ड वितरण गरेको छ । जनकपुरधाममा मंगलवार आयोजित एक कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले पीडितलाई कार्ड वितरण गरेका हुन् ।

कार्ड वितरण कार्यक्रममा प्रदेश २ का १५ जनालाई कार्ड वितरण गरिएपनि त्यसमा बढी जनकपुरधाम उप–महानगरपालिकाका पीडित रहेको आयोगका सदस्य डा. गोविन्द गौतमले जानकारी दिए ।

सशस्त्र जनयुद्धको समयमा वेपत्ता भएकाहरूको तथ्यांक संकलन गर्न र उनीहरूलाई न्याय दिलाउनको लागि गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोगमा चालु आर्थिक बर्ष सम्ममा ६४ हजार उजुरी परेका छन् ।

हालसम्म सुर्खेत, पोखरा, धादिङ, इलाम, झापा हुँदै मंगलबार जनकपुरधाममा पीडित कार्ड वितरण गरिएको छ । पीडित कार्ड पाएपछि सरकारबाट प्रदान गरिने सेवा सुविधा उनीहरु प्राप्त गर्ने छ ।

कार्ड वितरण समारोहलाई सम्वोधन गर्दै जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले सरकारले बाँड्न थालेको पीडित कार्डले राहत अनुभूति हुने विश्वास व्यक्त गरेका थिए ।

२०५२ साल देखि २०६३ सम्म नेपालमा भएको सशस्त्र जनयुद्ध कालमा वेपत्ता पारिएका नागरिकहरूलाई न्याय दिलाउन आयोग सक्षम हुने छाटकाँट नदेखिए पनि अव बल्ल यो कार्यको थालनी हुनु सुखद पक्ष भएको बताए ।

प्रतिक्रिया दिनुहोस्