Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : निर्वाचन आयोगमा प्रचण्ड–माधव समूहदेखि वीरका चिकित्सक आन्दोलितसम्म


- दृष्टि संवाददाता

2.5k
Shares

हेडलाइन्स् :

१. नेकपा प्रचण्ड–माधव समूहले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा बुझाए १९ बुँदे दावीपत्र, २ सय ७५ केन्द्रीय सदस्यको हस्ताक्षर पनि आयोगमा बुझाइयो ।

२. सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस जारी, संसदीय अभ्यासलाई हेर्न सरकार पक्षका वकिलको आग्रह, प्रचण्डविरुद्धको अदालतको अपहेलना सम्बन्धी मुद्दाको पेसी सर्‍यो ।

३. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आह्वान गरिएको संवैधानिक परिषदको बैठक स्थगित, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको असहमतिपछि रोकियाे, संवैधानिक आयोगको नियुक्ति संकटमा ।

४. निर्वाचनका लागि बजेटको कुनै कमी हुन नदिने अर्थमन्त्री विष्णु पौडेलको दावी, मितव्ययीता अपनाउन आग्रह, खर्चमा मितव्ययी गर्न आयोग प्रतिबद्ध रहेको प्रमुख निर्वाचन आयुक्तको प्रतिबद्धता ।

५. नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान सुरु भएको एक साता पूरा, मंगलबारसम्म देशभर १ लाख २८ हजारभन्दा बढीले लगाए खोप ।

६. दार्चुलामा महाकाली नदी थुनिएको विषयमा कञ्चनपुर र दार्चुला प्रशासनको फरकफरक जवाफ, नदी थुनिएकोले सतर्कता अपनाउन कञ्चनपुर प्रशासनको अनुरोध, वर्षातमा थुनिएको नदीको पानी खोल्न भारतले सुरु गरेको दार्चुला प्रशासनको प्रतिक्रिया ।

७. कोरोना भाइरसको महामारीको समयमा फ्रन्टलाइनमा खटिएका वीर अस्पतालका चिकित्सकले अझै पाएनन् जोखिम भत्ता, २ सय चिकित्सक १० महिनादेखिको सुविधा माग्दै पुनः आन्दोलित ।

८. मंगलबार नेप्से परिसूचक ६५ दशमलव ४९ अंकले बढेर २ हजार ४ सय ७३ दशमलव ७३ विन्दुमा बन्द, ६५ अंकको उछाल आउँदा डेढ दर्जन कम्पनीमा सर्किट, साढे ८ अर्बको किनबेच ।

९. खेलकुद क्षेत्र फेरि जुर्मुराएर उठ्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता, राष्ट्रिय महिला लिग फुटबलमा वालिङद्वारा चन्द्रपुर तीन शून्य गोल अन्तरले पराजित, क्यानलाई काठमाडौं महानगरको ५० लाख सहयोग ।

१०.र,  म्यानमारमा सैनिक ‘कु’को अवज्ञा हुन थाल्यो, सरकारी चिकित्सकले दिन थाले राजीनामा, कोरोनाका कारण जापानले बढायो संकटकाल, अफगानिस्तानको काबुलमा बम विस्फोट हुँदा तीनको मृत्यु, सात घाइते ।

प्रतिक्रिया दिनुहोस्