काठमाडौं, २१ माघ । अब ट्राफिक नियम उल्लङ्घन गरे अनलाइनबाटै जरिमाना भुक्तान गर्न मिल्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको हो ।
यसअघि बैंकमा लाइन बस्नुपर्ने भएकोले धेरै समय खर्चिनु पर्ने र झन्झटिलो प्रकृया बेहोर्नु पर्ने भएकोले अब यस्तो समस्याको हल हुने भएको हो । महाशाखाले बुधबार अनलाइन सेवाको औपचारिक उद्घाटन गर्ने जनाएको छ ।