काठमाडौं, २१ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका विद्यार्थीहरुले काठमाडौंको नयाँ वानेश्वर सडक चक्काजाम गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै सत्तारुढ दल नेकपा प्रचण्ड-माधव समूह यतिबेला सडक आन्दोलनमा छन् ।
सो समूह निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेसँगै आन्दोलनमा सशक्त बनाउने संकेत गरेको छ । आन्दोलनको कार्यक्रम अन्तरगत आज विद्यार्थीहरुले राजधानीमा आधा घण्टा चक्काजाम गरेको हो ।
यसअघि सार्वजनकि कार्यक्रम अनुसार २१ गते बुधबार सबै क्याम्पस अगाडि चक्काजाम गर्ने उल्लेख थियो । विद्यार्थीहरुले मिन भवन क्याम्पसका विद्यार्थीले नयाँवानेश्वरस्थित संसद भवनकै अगाडि जाम गराएका हुन् ।