काठमाडौं, २१ माघ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा.गणेशराज जोशीले आज राजिनामा दिने भएका छन् । आयोगमा आफुभन्दा जुनियरलाई प्रमुख आयुक्तमा नियुक्त गरेपछि उनले राजिनामा दिन लागेका हुन् ।
आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका प्रेम कुमार राई जोशीभन्दा जुनियर हुन् । राईले जोशीकै मातहत आयोगमा सचिवका रुपमा काम गरेका थिए । आयोगकी आयुक्त सावित्री थापा गुरुङले पनि राजिनामा दिने बताइएको छ ।
आयोगमा नियुक्त भएका राई, आयुक्तहरु जयबहादुर चन्द र किशोरकुमार सिलवालले बुधबार सपथ लिइसकेका छन् । उनीहरुले बुधबार नै पदभार ग्रहण गर्न लागेका छन् ।