Logo
Logo

अख्तियारमा प्रेम राईद्वारा पदभार ग्रहण


- दृष्टि संवाददाता

7.4k
Shares

काठमाडौं, २१ माघ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका प्रेम कुमार राइले पदभार ग्रहण गरेका छन् । बुधबार दिउँसो उनले पदभार ग्रहण गरेका हुन् ।


राईसहित आयुक्तहरु किशोर कुमार सिलवाल तथा अर्का आयुक्त जयबहादुर चन्दले पदभार ग्रहण गरेका छन् । पदभारमा आयोगका कार्यवहाक प्रमुख आयुक्त डा गणेशराज जोशी र आयुक्त सावित्री थापा गुरुङ अनुपस्थित थिए । डा जोशीले राजिनामा दिने तयारी गरेका छन् ।
प्रमुख आयुक्तमा नियुक्त भएका राई प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र हुन् । उनले ओलीको विरोधी नेताविरुद्ध नियोजित रुपमा आयोगको दुरुपयोग गर्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्