Logo
Logo

अब अनलाइनबाटै ट्राफिक नियम उल्लंघनको जरिवाना


- दृष्टि संवाददाता

945
Shares

काठमाडौं, २१ माघ । ट्राफिक नियम उल्लंघन गरे बापत तिर्नुपर्ने शुल्क मोबाइलबाटै भुक्तानी गर्न सकिने भएको छ । महानगरी ट्राफिक प्रहरी महाशाखाले बुधबार आयोजित कार्यक्रममा मोबाइलबाटै जरिवाना तिर्ने व्यवस्थाको सुरुवात गरेका हुन् ।

ट्राफिक नियम उल्लंघन गरे बापत तिर्ने जरिवाना रक कनेक्ट आइपीएस प्रणालीमाफर्त बैँक खाताबाट अनलाइन तिर्न सकिनेछ । यसरी रकम भुक्तानी गर्ने सम्झौतापत्रमा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

ट्राफिक जरिवानाको भुक्तानी अन्लाईनबाट भए लगतै अब सेवाग्राहीले बैंक शाखा नै पुगेर जरिवाना रकम जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । यस सेवालाई आगामी दिनमा एनसीएचएलमा आबद्ध बैंक वित्तिय संस्थाका मोबाईल÷इन्टरनेट बैंकिङ्ग एवम् अन्य आबद्ध पीएसपीरवालेट मार्पmत पनि भुक्तानी गर्न सकिने गरी विस्तार गरिने जनाइएको छ । कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा ५३ बैंक तथा वित्तिय संस्थाहरू सदस्यको रुपमा आबद्ध छन् ।

कसरी गर्ने भुक्तानी ?
भुक्तानीको लागि सेवाग्राहीले कनेक्ट आइपीएसमा लगइन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी ड्यासबोर्डमा रहेको ‘सरकारी भुक्तानी’ भित्र ‘नेपाल ट्राफिक पुलिस’ छनोट गरेर गर्नुपर्नेछ । त्यसपछि भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी ट्राफिकले दिएको चिट नम्बर र आर्थिक वर्ष दाखिला गरी सजिलै भुक्तानी गर्न सकिने छ । यसरी गरिएको भुक्तानी महाशाखाको तोकिएको बैंकमा सिधै जम्मा हुन्छ भने ट्राफिकको सिस्टममा पनि यो भुक्तानीको विवरण जानेछ ।

 

प्रतिक्रिया दिनुहोस्