Logo
Logo

दिनभर बढेको नेप्से ६ अंकले घटेर बन्द


- दृष्टि संवाददाता

252
Shares

काठमाडौं, २१ माघ । दिनभर फराकिलो अंकले बढेको नेप्से ६ अंकले घटेर बन्द भएको छ । करिब ४५ अंकको फराकिलो वृद्धि समातेको बजार अन्ततः ६ दशमलव ८१ अंक घटेर बन्द भएको हो ।

बुधबार कारोबारमा आएका २ सय २ वटा कम्पनीको २ करोड २० लाख ४० हजार ५ सय १६ कित्ता शेयर ९१ हजार ५ सय ५९ पटकमा रू. ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४ सय ९६ बराबरको शेयर खरीदविक्री भएको हो ।

बुधबार वाणिज्य बैंक समूहले बजारलाई जेनतेन थेग्न खोजेपनि बाँकी समूहले साथ दिएनन् । यद्यपि जलविद्युत, लघुवित्त र म्युचुअल फण्ड समूह भने हरियो देखिएका थिए । सबैभन्दा बढी स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ५ सय ५२ पुगेको छ ।

कारोबारमा आएका १२ वटा समूहमध्ये जलविद्युत् समूहको १ दशमलव ०४ प्रतिशत, लघुवित्त समूहको ० दशमलव ०२ प्रतिशत, बैकिङ्ग समूहको परिसूचक ० दशमलव २४ प्रतिशत र म्युचुअल फण्डको ० दशमलव ३८ प्रतिशतले वृद्धि भएको छ भने बाँकी समूहको परिसुचक घटेको छ ।

बुधबारको कारोबार दिनमा सर्वाधिक कारोबार भने ग्लोबल आइएमई बैंकको भएको छ । उक्त कम्पनीको रू. ५६ करोड १९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । सर्वाधिक कारोबार गर्ने दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको रू. ३२ करोड ७० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्