Logo
Logo

‘द हन्ड्रेड’मा सन्दीप लामिछाने पनि रिटेन


- दृष्टि संवाददाता

693
Shares

काठमाडौं, २१ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने पक्का भएको छ । सन्दीपलाई ‘द हन्ड्रेड’ टिम ओभल इन्भेन्सीबल्सले ’रिटेन’ गर्दा लामिछाने पनि परेका हुन् ।

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिताको नयाँ मिति भने तय भएको छैन ।  यस अघि गत जुलाईमा प्रतियोगिता आयोजना हुने तय थियो । एक सय बलको हुने प्रतियोगिता जुलाई १७ देखि १६ अगष्टसम्म हुने तय थियो । तर, कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित भएको थियो ।

सन्दीपलाई ड्राफ्टबाट इन्भेन्सीबल्सले १ लाख पाउण्ड (करिब १ करोड ४७ लाख) नेपाली रुपैयाँमा दोस्रो चरणमा अनुबन्ध गरेको थियो । प्रतियोगितामा ८ टिम रहने छन् । आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्