Logo
Logo

नाभाल्नीको जेल सजायको विरोधमा प्रदर्शन, १४ सय पक्राउ


- दृष्टि संवाददाता

819
Shares

तस्वीर/एजेन्सी

एजेन्सी, २१ माघ । रुसमा भएको विरोध प्रदर्शनमा १४ सय बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा विरोघ प्रदर्शन गर्ने १४ सय बढीलाई पक्राउ गरिएको हो । नाभाल्नीलाई सुनाइएको तीन वर्षको जेल सजायको अन्तर्राष्ट्रिय रुपमा नै निन्दा भएको छ ।

तस्वीर/एजेन्सी

अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नाभाल्नीलाई बिना कुनै सर्त तत्काल रिहा गर्न आह्वान गरेका छन् । मस्कोको एउटा अदालतले पुटिनका आलोचक एलेक्सी नभाल्नीलाई पहिलाको जेल सजायका बेला राखिएका सर्तहरू उलङ्घन गरेको भन्दै करिब तीन वर्षको जेल सजाय सुनाएको छ ।

गत महिना जर्मनीबाट रुस फर्किएलगत्तै पक्राउमा परेका उनलाई सो समयदेखि हालसम्म हिरासतमै राखिएको थियो । गत अगस्टमा घातक विष हालेर खुवाएपछि बिरामी परेका नाभाल्नीको झण्डै ज्यान गएको थियो र उनले जर्मनीमा उपचार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्