Logo
Logo

भारतको किसान आन्दोलनलाई रिहानादेखि मिया खलिफासम्मको साथ


- दृष्टि संवाददाता

567
Shares

एजेन्सी, २१ माघ । भारतमा भइरहेको किसान आन्दोलनलाई विश्व चर्चित सेलिब्रेटीले समर्थन गरेका छन् । अमेरिकी चर्चित गायक रिहाना र सामाजिक अभियन्ता ग्रेटा थनबर्गसँगै पूर्व पोर्नस्टारले भारतमा जारी किसान आन्दोलनको समर्थन गरेका हुन् । उनीहरूले ट्वीट गर्दै एक्यबद्धता जनाएका छन् ।

प्रसिद्ध गायिका रिहानाले सीएनएनको एउटा स्टोरीको लिङ्क सेयर गर्दै लेखिन्, ‘आखिर हामी यसबारे किन कुरा गरिरहेका छैनौं ?’ यो ट्वीटसँग उनले #FarmersProtest  पनि लगाएकी छिन् । रिहानाको यो ट्वीट अत्यधिक चर्चामा आएको छ । भारतमा रिहाना टप ट्वीटर ट्रेन्डमा छिन् ।


रिहानापछि स्विडिश पर्यावरण कार्यकर्ता ग्रेटा थनबर्गले पनि किसानको समर्थनमा ट्वीट गरेी छन् । थनबर्गले ट्वीट गर्दै भनिन्, ‘हामी भारतमा किसानको आन्दोलनसँग एकजुट छौं ।’


पूर्व पोर्नस्टार मिया खालिफाले लेखेकी छन्, ‘किन मानवअधिकार उल्लंघन भइरहेको छ ? उनीहरूले नयाँ दिल्ली आसपास इन्टरनेट काटिदिए ?’ फेरि अर्को ट्वीट पनि गर्दै लेखेकी छन्, ‘पेड एक्टर्स‘ पुरस्कारको मौसममा उनीहरूलाई वेवास्ता नगरिने मेरो आशा छ । म किसानको साथमा छु ।’

भारतमा किसानहरू लगातार ७१ दिनदेखि आन्दोलनमा छन् । उनीहरूले केन्द्र सरकारले जारी गरेको तीनवटा विधेयकको विरोधमा आन्दोलन गरिरहेका छन् । विधेयकलाई अहिले सर्वोच्च अदालतले रोकिदिएको छ । तर किसानहरू विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने अडानमा छन् ।

प्रतिक्रिया दिनुहोस्