Logo
Logo

ओली समूहले माघ २३ का लागि महोत्तरीबाट २७ बस मानिस ओसार्दै


- दृष्टि संवाददाता

3.5k
Shares

महोत्तरी, २१ माघ । नेकपा ओली समूहले २३ माघ ( शुक्रवार) आयोजना गरेको जनसभाका लागि महोत्तरीबाट २७ बसबाट मानिस काठमाडौं भित्र्याउन लागेको खुलासा भएको छ । बृहत् सभा देखाउनका लागि महोत्तरीमा २७ बसमा मानिस ओसार्न लागिएको हो ।

सहभागी सवै जनालाई खान र बस्नको उचित ब्यवस्थापन समेत गरिएको छ । बिहीबार बेलुका ६ बजे महोत्तरीबाट गाडी काठमाडौंका लागि प्रस्थान गर्नेछ । काठमाडौं आउन लागेका अधिकांश नेकपा कार्यकर्ता नभएको पनि खुल्न आएको छ ।

शुक्रबारका लागि बुधबार ओली पक्ष नेकपाले बर्दिबास नगरपालिकामा २ सय ५० सदस्य समिति समेत गठन गरेको छ ।

उमेश सिंह दर्लामीको संयोजकत्वमा गठन भएको भेलामा पुर्व जनमुक्ती सेनाका कमाण्डर राम बहादुर खनाल, प्रदेश सभा सदस्य सारदादेबी थापा, उधोग बिभागका केन्द्रिय सदस्य अम्बिका गौतम, जातिय मुक्ती समाज प्रदेश २ का सचिव सन्त परिवार लगायतको उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस्