Logo
Logo

रौतहटको बृन्दावन नगरपालिकामा तालाबन्दी


- दृष्टि संवाददाता

315
Shares

रौतहट, २१ माघ । रौतहटको वृन्दावन नगरपालिकामा स्थानीयले तालाबन्दी गरेका छन् । नगरपालिकाले आर्थिक सहायता रकम नदिएको भन्दै स्थानियले बुधबार नगरपालिकामा तालाबन्दी गरेको हुन् ।

नगरपालिकामा तालाबन्दी हुँदा नगरपालिकाका २० जना कर्मचारी तीन घण्टा देखि थुनिएका छन् । प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र राय यादव र लेखापाल सिताराम पालले पटक–पटक बोलाए पनि सहयोग रकम नदिएको आरोप स्थानीयको छ ।

अर्का तर्फ निमित प्रमुख प्रसासकीय अधिकृत नागेन्द्र यादवले आर्थिक सहायता रकम भन्ने बित्तिकै पाउने कुरा नभएको प्रतिक्रिया दिएका छन् । यादबले कार्यपालिकाको निर्णय भएपछि निवेदन हेरि निश्चित मापदण्ड पूरा गरेर दिने बताए । उनले विरोध र होहल्लाको कुनै तुक नभएको समेत बताए ।

 

प्रतिक्रिया दिनुहोस्