Logo
Logo

तीन वर्षमा पनि टुंगिएन प्रदेश २ को नाम र राजधानी


- दृष्टि संवाददाता

504
Shares

धनुषा, २१ माघ । माघ २१ गते प्रदेश २ प्रदेशसभा गठन भएको तीन वर्ष पुरा भयो । सुरुवाती चरणमा तीव्र गतिमा कानून निर्माण लगायतका काम भएपनि पछिल्लो संसद अधिवेशन त्यसै बित्यो ।पहिलो वर्ष सत्तापक्ष र प्रतिपक्षी दलको विवाद, दोस्रो वर्ष उपभोक्ताको भुक्तानी विवादमा प्रदेशसभाले समय व्यतित गर्‍यो । तेस्रो वर्ष प्रदेशको राजधानी र नाम टुङ्गो लगाउने प्रयास भए पनि प्रदेश २ ले नाम र राजधानी पाउन सकेन ।

यतिखेर तीन वर्षको अवधिमा प्रदेशसभाको कामबारे समिक्षा हुँदैछ । तीन वर्षको अवधिमा भएको काम भन्नु नै ५३ मध्ये ४२ विधेयक पारित गर्नु हो । पारित भएका मध्ये ३६ वटा विधेयक प्रमाणीकरण भइसकेका छन् । तर, अझै ११ विधेयक पारित हुन बाँकी नै छ । सबैभन्दा महत्वपूर्ण प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने काम दलीय अडानका कारण अन्योलमै छ ।

प्रतिपक्षी दलको भूमिका नपुग्दा पनि प्रदेशसभाले आवश्यक परिणाम दिन नसकेको हो । कामको गति बढाउन प्रमुख प्रतिपक्षी नेकपा र प्रतिपक्षी कांग्रेस लगायतका दलले जति भूमिका खेल्नु पर्ने त्यो पगेन । को सत्तापक्ष, को प्रतिपक्ष भनेर टुट्याउने अवस्था रहेन । सत्तापक्षी र प्रतिपक्षी दुबैको वहाना बन्यो, नयाँ संरचना र अभ्यास ।

प्रदेशसभाको हाल चौथो अधिवेशन अन्त्य भएको छ । तर, पाँचौं अधिवेशन आह्वान हुन सकेको छैन । वैशाख ३ गते भित्र अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, सत्तापक्ष प्रदेशसभा बोलाउँदा आइपर्ने विभिन्न प्रश्नबाट पन्छिन प्रदेशसभा बोलाउन तयार छैन ।

प्रतिक्रिया दिनुहोस्