Logo
Logo

मानव कंकाल फेला


- दृष्टि संवाददाता

819
Shares

प्रतिकात्मक तस्वीर

सप्तरी, २१ माघ ।अठार महिनादेखि बेपत्ता एक महिलाको कंकाल फेला परेको छ । सप्तरीको राजगढ गाउँपालिका–१ झुटकीका धनई पण्डितकी पत्नी ७५ वर्षीया रासोदेवीको कंकाल आज फेला परेको हो ।

प्रहरीचौकी झुटकीदेखि करीब तीन सय मिटर पूर्वदक्षिणतर्फ रहेको सार्वजनिक ठारी पोखरी जीर्णाेद्वार गर्ने क्रममा अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

मानसिक सन्तुलन ठीक नभएकी रासोदेवी २०७६ साउन ३० गते रातिदेखि बेपत्ता भएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्