Logo
Logo

आम हड्ताल गरे कारवाही गर्ने प्रचण्ड–माधव समूहलाई गृह मन्त्रालयको चेतावनी


- दृष्टि संवाददाता

6.4k
Shares

काठमाडौं, २१ माघ । नेकपा प्रचण्ड–माधव समूहले आम हड्ताल घोषणा गरेकोप्रति ध्यानाकर्षण भएको भन्दै गृहमन्त्रालयले शान्ति सुरक्षामा खलल पुग्ने काम गरेर कारवाही गर्ने चेतावनी दिएको छ ।
कानूनी तथा राजनीतिक विवादकै बीच संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा प्रचण्ड–माधव समूहले बिहिबार आमहड्ताल घोषणा गरेछि गृहले विज्ञप्तिमार्फत चेतावनी दिएको हो । बुधबार साँझ विज्ञप्ति जारी गर्दै गृहले संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध गर्नेजस्ता कार्य नगर्न समेत आग्रह गरेको छ ।
शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने गृहले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्