Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : नेकपा प्रचण्ड–माधव समूहको आमहड्ताल घोषणादेखि ६ अंकले घटेको नेप्सेसम्म


- दृष्टि संवाददाता

2.7k
Shares

हेडलाइन्स् :

१. नेकपा प्रचण्ड–माधव समूहद्वारा बिहीबार देशभर आमहड्तालको घोषणा, नागरिकस्तरबाट तीव्र विरोध भएपनि बाध्यताले गर्नुपरेको भनाइ, हड्तालको पूर्व सन्ध्यतामा निकालिएको राँके जुलुशमा केही स्थानमा प्रहरीद्वारा रोक्ने प्रयास ।

२. नेकपा प्रचण्ड–माधव समूहले बिहीबार घोषणा गरेको आमहड्तालप्रति गृह मन्त्रालयको ध्यानाकर्षण, कानून विपरित शान्ति सुरक्षामा खलल, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड नगर्न आग्रह, आगजनी र तोडफोड गरे कानून बमोजिम कारवाही गर्ने चेतावनी ।

३. सरकारले नियुक्त गरेका संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीले लिए सपथ, उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाद्वारा बहिस्कार, नवनियुक्त पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता, अदालतको अवहेलना मुद्दामा नेकपा अध्यक्ष प्रचण्डलाई आफैं लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश ।

४. जनतालाई दुःख दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट, भूमिसम्बन्धी समस्या समाधान हुन नदिने मध्येका मुख्य नेता माधवकुमार नेपाल भएको प्रधानमन्त्रीको आरोप ।

५. प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर गलत गरेको नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालको दावी, ओलीले जनमुक्ति सेनालाई खरिद गर्न खोजेकाले भ्रममा नपर्न प्रचण्डको आग्रह ।

६. प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा चलिरहँदा निर्वाचन आयोगमा लाग्यो चुनावी रौनक, २०७८ वैशाख १७ र २७ गतेको निर्वाचन गराउन ७ अर्ब ७ करोड रुपैयाँ खर्च आवश्यक पर्ने भन्दै रकम माग ।

७. कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान तीन दिन भित्र सकिँदै, ४ लाख ३० हजार व्यक्तिलाई खोप लगाइने बताएपनि हालसम्म १ लाख ३५ हजार १३ जना स्वास्थ्यकर्मीले कोभिड–१९ विरुद्धको कोभिसिल्ड भ्याक्सिन लगाए ।

८. दिनभर फराकिलो अंकले बढेको नेप्से ६ अंकले घटेर बन्द, ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४ सय ९६ बराबरको शेयर खरीदविक्री, अब ट्राफिक जरिवाना पनि कनेक्ट आइपीएसबाट भुक्तानी गर्न मिल्ने ।

९. राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबद्वारा चौदन्डीगढीको पोष्टमा १२ गोल, विराटनगर महानगरपालिकासँग पुलिस एक शुन्यले पराजित, सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ खेल्ने निश्चित ।

१०. र, भारतमा जारी किसान आन्दोलनको विश्वव्यापी समर्थन, विश्व चर्चित पात्र रिहानादेखि पूर्वा पोर्नस्टारसम्मको समर्थन, नाभाल्नीलाई जेल सजायको विरोधमा रूसमा प्रदर्शन, १४ सय बढी पक्राउ ।

प्रतिक्रिया दिनुहोस्