Logo
Logo

अनेरास्ववियू र प्रहरीबीच टायर तानातान


- दृष्टि संवाददाता

1.5k
Shares

काठमाडौं, २२ माघ । नेकपाले आज गरेको आम अड्तालका कारण सकडमा विहानैदेखि तनाब भईरहेको छ । बिहानै नेकपाका नेतृ अष्टलक्ष्मी शाक्यसहितका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि सडकमा झनै तनाब बढेको छ ।

प्रहरी र नेकपाका नेता कार्यकर्ताबीच बिहानैदेखि सडकमा घम्साघम्सी भएको छ । बाक्लो मात्रामा नेकपाका नेता कार्यकर्ताहरु पनि सडकमा उत्रिएका छन् । भने प्रहरी पनि बाक्लै तैनात देखिएका छन् ।

बिहीबारको आमहड्तालको बिहानै प्रचण्ड-नेपाल निकट अनेरास्ववियूले ललितपुरको पाटनस्थित पाटन संयुक्त क्याम्पसअगाडि टायर बालेर प्रदर्शन गरेको थियो । बिहानै बालिएको टायर प्रहरीले निभाउने प्रयास गरेको थियो । तर, प्रहरी र विद्यार्थीबीच टायर तानतान भएको हो ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध विभिन्न आन्दोलन गरिरहेको प्रचण्ड-नेपाल समूहले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरूको सपथ भएपछि हिजो हड्ताल गर्ने घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्