काठमाडौं, २२ मा ।
गुन्डा नाइकेहरू गणेश लामा, चक्रे मिलन भन्ने मिलन गुरुङ र पर्शुराम भन्ने कृष्ण बस्नेतको मुद्दामा सर्वाेच्च अदालतमा सुनुवाई अघि बढेको छ । उनीहरुविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा छ ।
विशेष अदालतले सफाई दिएपछि त्यसविरुद्ध सरकार सर्वोच्चमा पुगेको थियो। विशेषले पाँच जना मध्ये गणेश लामालाई आंशिक दोषी ठहर गर्दै अन्यलाई सफाइ दिएको थियो। सम्पत्ति शुद्धीकरण ऐन आउनु भन्दा पहिलेको सम्पत्ति आर्जन देखिएको भन्दै अरुलाई सफाइ दिएको थियो। सरकारले गणेश लामा विरुद्ध २०७५ पुस ९ मा लामा स्वंयले २०७५ कात्तिकमा सर्वोच्चमा निवेदन दिएका थिए। त्यस्तै पर्शुराम बस्नेत विरुद्ध सरकारले २०७५ असार १५ गते सर्वोच्चमा पुनरावलोकन दर्ता गराएको थियो। त्यस्तै चक्रे मिलन विरुद्ध २०७५ जेठ ३० मा निवेदन दर्ता गराएको थियो। उनीहरुसँगै मुद्दा दायर गरिएका दीपक मनाङेको मुद्दामा भने पुनरावेदन गरिएको थिएन ।