काठमाडौं, २२ माघ । नेकपा प्रचण्ड–माधव समूहको आमहड्ताल सफल पार्न सडकमा ओर्लिएका कार्यकर्तालाई सडकमै खाना खुवाइएको छ ।
बिहीबार संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा प्रचण्ड–माधव समूहले आमहड्ताल घोषणा गरेको हो । बन्द गर्न बिहानै निस्किएका कार्यकर्ताले सडकमै भात पकाएका हुन् । कोटेश्वर चोकमा बिहानैदेखि जम्मा भएका प्रदर्शनकारीले सडकमै भात पकाएका थिए । क्याटरिङबाट भाडा ल्याएर सडकमै खाना पकाएर खाएको उनीहरुको भनाइ छ ।
यस्तै, कोटेश्वर क्षेत्रमा आमहड्ताल सफल पार्न ऐक्यवद्धता जनाउन निस्केका नेकपा अध्यक्ष प्रचण्डलगायतका नेताले चिउरा र दालमोठ खाजा खाएका थिए । अध्यक्ष प्रचण्डले सडकमा बसेर चिउरा दालमोठ खाएको तस्बिर सामाजिक सञ्जालमा भाइल बनाइएको छ ।