Logo
Logo

ओलीले एकपछि अर्को अधिनायकवादी चरित्र देखाउन थाले : अध्यक्ष नेपाल


- दृष्टि संवाददाता

441
Shares

फाइल तस्बिर

काठमाडौं, २२ माघ । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले एकपछि अर्को अधिनायकवादी चरित्र ओलीले देखाउन थालेको आरोप लगाएका छन् । बिहीबार घोषित आमहड्तालको निरीक्षण गर्न काठमाडौंका बिभिन्न स्थानमा पुगेका अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले अहिलेको कामचलाउ प्रधानमन्त्री केपी ओली संविधान मिच्दै मिच्दै अघि बढेको र एकपछि अर्को अधिनायकवादी चरित्र देखा पर्न थालेको बताए ।
नेपालले संवैधानिक आयोगका पदाधिकारीहरुको जबर्जस्ती शपथ गराइएको भन्दै आयोगमा गरिएको नियुक्ति प्रक्रिया नै गलत रहेको बताउँदै उनले भने, ‘अधिनायकवादको विरुद्धमा जनतालाई विरोध जनाउनुस् भनेर आमहड्ताल आह्वान गरेका हौँ ।’
उनले ओलीले प्रतिनिधिसभाको हत्या गर्ने प्रयास गरेको र संविधान कुल्चने काम गरेको जिकिर गरे । शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट हस्तक्षेप भएको भन्दै उनले आपत्ती जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्