काठमाडौं, २२ माघ । ‘विश्व कीतिमानी’को प्रमाण पत्र ग्रहण गर्न नयाँदिल्ली पुगेका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर भेटघाटमा व्यस्त भएका छन् । लगातार लगातार ४ घण्टा पाँच मिनेट २० सेकेण्डसम्म गीत गाएर ‘गिनिज वल्र्ड रेकर्डस्’ मा नाम लेखाएका राज्यमन्त्री मानन्धर सोमबार प्रमाण पत्र ग्रहण गर्न नयाँदिल्ली पुगेका हुन् ।
भारतको नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा राज्यमन्त्री मानन्धरले भारतका सामाजिक न्याय तथा अधिकारिकता राज्यमन्त्री रामदास आठवलेको आतबाट ‘विश्व कीतिमानी’को प्रमाणपत्र ग्रहण गरेका थिए । त्यसपछि भेटघाटमा व्यस्त भएका उनले बिहीबार भारतका खाद्य प्रशोधन राज्यमन्त्री रामेश्वर तेलीसँग भेट गरेका छन् । उक्त भेटमा नेपाल–भारतबीचको सम्बन्धबारे छलफल भएको बताइएको छ ।
राज्यमन्त्री मानन्धरसँग चर्चित -यापर गायक निर्णय श्रेष्ठ, बरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधानलगायतका टोली गएको सोमबार नयाँदिल्ली गएका हुन् । अझै केही व्यक्तित्वसँग भेटघाटको कार्यक्रम रहेकाले दुई दिनपछि मात्र नेपाल फर्कने फोटो पत्रकार प्रधानले बताए ।