Logo
Logo

आमहड्ताल ५ बजेसम्म : नेकपाले भन्यो, ‘आमहड्ताल समग्रमा सफल’


- दृष्टि संवाददाता

2.4k
Shares

काठमाडौ । नेकपा प्रचण्ड–माधव समूहले आह्वान गरेको आमहड्ताल अहिले पाँच बजेपछि अन्त्य हुने भएको छ । संघर्ष समितिका सदस्यसमेत रहेका पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको फेसबुकमार्फत पाँच बजेपछि आमहड्ताल अन्त्य हुने बताएका छन् ।
नेता रिजालका अनुसार मोरङमा १६ जना नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरमा रामचन्द्र झा, मातृका यादवलगायतका १० जना नेता कार्यकर्ताहरु घाइते र १२ जना गिरफ्तार भएका छन् । त्यस्तै, बीरगञ्जबाट ३५, विराटनगर ७ जना र धरानबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ
यसअघि बिहीबार बिहान कलंकीबाट नेताहरु अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, विजय पौडेल, अमृता थापालगायत कार्यकर्ता पक्राउ परेका थिए । त्यस्तै, चाबहिलबाट कृष्ण केसी, बागबजारबाट विद्यार्थी नेता रमेश मल्ललाई प्रहरीले पक्राउ गरिएको छ । काठमाडौंमा पक्राउ परेका नेता कार्यकर्तालाई महाराजगञ्जमा राखिएको छ ।
बिहीबारको आमहड्ताल समग्रमा सफल भएको प्रचण्ड–नेपाल समूहले दावी गरेको छ । प्रधानमन्त्री केपी ओलीले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा सो नेकपा प्रचण्ड–माधव समूहले आमहड्ताल घोषणा गरेको हो । प्रतिनिधिसभा विघटनको विरुद्धमा यो समूहले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्