Logo
Logo

शेयर बजारमा आठ अंकको वृद्धि


- दृष्टि संवाददाता

315
Shares

काठमाडौं, २२ माघ । बुधवार एक्कासी घटेको शेयर बजार साताको कारोवारको अन्तिम दिन सम्हालिएर बन्द भएको छ । बिहीबार ८ अंकको वृद्धि हुँदै शेयर बजार बन्द भएको हो ।

बजार खुलेको सुरुवाती केही मिनेट देखि नै घट्न थालेको बजार १ हजार ४ सय ४३ अंकसम्म झरेको थियो । तर त्यसपछि बजार फेरि उकालो लाग्दै २ हजार ४ सय ८१ अंकसम्म पुगेको थियो । त्यसपछि भने बजार सम्हालिदै ५÷६ अंकको वृद्धिसहित कारोबार हुँदै अन्त्यमा ८ अंकले बढेर २ हजार ४ सय ७५ विन्दुमा बन्द भएको छ ।

बिहीवार व्यापार समूहको शेयर एक सय ३१ अंकले, जलविद्युतको ३६ अंकले, उत्पादनको ८४, माइक्रोफाइनान्सको एक सय ४६ र निर्जीवन कम्पनीको शेयर ७८ अंकले बढेको छ । बैंक, होटल, फाइनान्स, जीवन बीमा र म्युचल फण्डको शेयर भने घटेको छ ।

सूर्योदय लघुवित्त, समिट लघुवित्त, जनउत्थान लघुवित्त, माहुली लघुवित्त, उन्नती लघुवित्त, नेशनल माइक्रोफाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, किसान लघुवित्त, ग्रामिण विकास लघुवित्त र स्वाभिमान लघुवित्त गरि १० वटा लघुवित्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्